गाडी र मोटरसाइकलमा जोर–बिजोर लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

160

छिनछिन खबर
काठमाडौं–काठमाडौं उपत्यकामा चल्ने भाडाका र निजी सवारीसाधनलाई स्थायी रूपमा जोर बिजोर प्रणालीबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई बाध्यकारी आदेश (परमादेश) दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सवारी प्रदूषणका कारण काठमाडौं विश्वकै दूषित शहर बन्दै गएकाले जोर बिजोर प्रणालीमा सवारी चलाउनुको विकल्प नरहेको तर्कसहित अधिवक्ता रीता कार्की र श्यामकुमार श्रेष्ठले रिट दर्ता गराएका हुन् । निवेदकले २० वर्ष पुराना सवारीसाधन चल्न नदिने सरकारी निर्णय प्रभावकारी कार्यान्वयन गराउन आदेश समेत माग गरेका छन् ।

विद्यालय, कूटनीतिक नियोग, सरकारी उच्च पदस्थ अधिकारी, निजामती कर्मचारीलगायत अत्यावश्यक सेवाका बाहेकका अन्य भाडाका सवारीमा यस्तो नियम लगाउनुपर्ने निवेदकको दाबी छ । निवेदकले दुईपांग्रे र चारपांग्रे दुवै प्रकृतिका सवारीमा जोर बिजोर प्रणाली लागू हुनुपर्ने माग गरेका छन् ।

Womui
Womui