सम्वाद समूहको पहलबाट विद्युत प्रशारण विवाद अन्त्य

100

नेपालगन्ज, मंसिर २४-
कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखीएको विवाद समाधान भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलबार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रिया पछि सहमती कायम गरिएको हो । कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयको अवरोध रहदै आएको थियो । जनप्रतिनीधी, सरोकार निकाय, स्थानीय भद्र भलादमी समेतको उपस्थितीमा भएको सम्वादमा स्थानीयले विद्युत विस्तारमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेपछि रोकिएको काम पनि मंगलबारबाटै सुरु भएको छ । वडा कार्यालय र प्राधिकरणको प्रयासले सार्थक उपलब्धी नपाइरहेका बेला समूहको पहलमा विवादले निकास पाएको हो ।

बाँकेको बिकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको धामपुर सवस्टेशनसम्म ४५ किलोमिटर दुरिमा ३३ केभी लाईन बिस्तार गरिरहेको छ . कोहलपुर सवस्टेशनकै नजीकै चटार गाउँ सडक किनारबाट लाईन बिस्तार गर्न खोज्दा मंसिर १० गतेदेखि विस्तारको काम रोकिएको हो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर नेपाल विद्युत प्राधिकरणले लाईन बिस्तार गरिरहेको हो । चटार क्षेत्रमा ४ वटा मात्रै पोल गाड्नुपर्ने स्थिती रहेका बेला स्थानीय ६५ जनाले घनावस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मंसिर १३ गते वडा कार्यालयमा निवेदन समेत दिएका थिए । विद्युत विस्तार विवादको प्रारम्भिक अध्यन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत सम्वाद प्रक्रियालाई टुंगोमा पु¥याइएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए ।

सम्वादका क्रममा स्थानीयले बुझाईमा फरक परेकाले काममा ढिलाई भएको दाबी गरेका थिए । वडा अध्यक्ष निम बहादुर चलाउने (निरज)ले विकास निर्माणमा आफनो बुझाई र माग राख्न मिल्ने तर अवरोध गर्न नहुने भन्दै सहमतीका लागि सबैमा धन्यवाद प्रकट गरे । यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका सुपरभाइजर सन्तोष वाग्लेले सबैको सहमतीमै विस्तारको काम बढाइएको स्पष्ट पारे । सम्वाद प्रक्रियामा समूहका सदस्य फणा शर्मा, ललीता चौधरीले समेत सहजीकरण गरेका थिए । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले धामपुरबाट नरैनापुर जोड्ने ११ केभी प्रशारण लाईनको काम पनि धमाधम अगाडी बढिरहेको बताए । ठाकुरका अनुसार– नरैनापुरको गंगापुरदेखी कटकुईयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ ।

Womui
Womui