कास्की २ मा विद्या भट्टराइ २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजय ।

26

छिनछिन खबर
पोखरा, मंसिर १५ । कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी छिन् ।शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन् । विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन् । जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे ।

 

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे । राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन् । विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन् ।

Womui
Womui