भ्रमण वर्ष २०२० लाई सफल पार्ने निजी क्षेत्रको प्रतिवद्धता

133

नेपालगन्ज, मंसिर ७-
आसन्न भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्दो सहयोग गर्ने उद्योगी, ब्यवसायीले प्रतिवद्धता जनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार आयोजित २८ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने उद्योगी, ब्यवसायीले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई भब्यतापूर्वक सफल पार्न निजीक्षेत्रले पनि सहयोग गर्ने बताईन् ।

उनले भ्रमणवर्षबाट निजीक्षेत्रलाई लाभ हुने विश्वास ब्यक्त गरिन् । त्यसका लागि सरकारसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाईन । महासंघ अध्यक्ष राणाले अगाडी भनिन्,–‘सरकारले गर्ने काममा हाम्रो साथ रहन्छ ।’ राणाले नेपालगन्जलाई पर्यटन क्षेत्रको विकासमा अगाडी बढाउन सहयोग जरुरी रहेको भन्दै राणाले सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको ध्यानार्कषण गराईन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री भट्टराइले भ्रमण वर्षलाई सफल बनाउन सबै नागरिकको दायित्व भएको बताए । उनले भने,‘भ्रमण वर्ष भब्यता तरिकाले शुभारम्भ हुन्छ । यसले आगामी दिनमा लाखौं पर्यटन भित्रिने माहोल बनाउँछ ।’

संघका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा उत्कृष्ट निर्यातकर्ताका रुपमा गंगा रोजिन टर्पेनटाइन, सिजी बायोटेक, खनाल रोजिन लगायतलाई सम्मान गरिएको संघका महासचिव अजय टण्डनले जानकारी दिए । संघले पत्रकार सिराज खान, सेतुलिमाया श्रेष्ठ, जगदिश बैश्य, रामकृष्ण रस्तोगी, मैउद्धिन अनसारलाई पनि सम्मान गरेको टण्डनले बताए ।

Womui
Womui