बाँके र बर्दियाका उत्कृष्ठ करदातालाई सम्मान

123

नेपालगन्ज, मंसिर ७-
आठौं राष्ट्रिय कर सप्ताह-२०७६ समापनका अवसरमा बाँके र बर्दियाका उत्कृष्ठ करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज परिसरमा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा युनिक नेपाल बर्दियाका अध्यक्ष प्रेमबहादुर थारु र मंगल हार्डवयर बाँकेका मंगल अग्रवाल रहेका छन् । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत हुर्मत मिजारले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्ने उद्योगी, ब्यवसायीले मुलुकमा संघियता आएपछि करको भारी थुपारिएको गुनासो गरे । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले देशमा संघियता लागु भएपछि करको भार थपिदै गएको बताए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जभित्र करमैत्री वातावरण रहेको भन्दै उनले प्रशंसा गरे । कार्यक्रमका प्रमुख अथिी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कर तिर्न सहज वातावरण हुनुपर्ने सुझाव दिए । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले करदाता शिक्षा कार्यक्रम धेरै ठाउँमा सञ्चालन गर्दै आएको बताए ।

करदाता मैत्री प्रशासन हुनका लागि करदाता स्वयं कार्यालयमा उपस्थित हुनु पर्ने उनले जोड दिए । कार्यक्रममा भन्सार प्रमुख शान्तिराम निरौला, जिल्ला प्रहरी प्रमुख(एसपी) बीरबहादुर ओली, सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारी, अडिटर्स एशोसियशनका केन्द्रिय उपाध्यक्ष अब्दुल करिम खान, एशोसियशन बाँकेका अध्यक्ष भुवनप्रसाद गैरे, निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्का लगायत अतिथीको उपस्थिती रहेको थियो ।

Womui
Womui