पर्यटन मन्त्री भट्टराई नेपालगन्जको वाटरपार्क निरीक्षण

95

नेपालगन्ज, मंसिर ७-
सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिबार नेपालगञ्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताए । उनले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको संरक्षण गर्न सकेमा तापक्रम समेत सन्तुलन हुनेमा जोड दिए ।

मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए । मन्त्री भट्टराईलाई नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा, वडा अध्यक्ष रिजालले वाटरपार्क निर्माण अवस्थाबारे जानकारी दिदै पर्यटकीय क्षेत्र बनाउन लागिएकाले मन्त्रालयबाट सहयोगको माग गरे ।

Womui
Womui