प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा

162

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारी गरेका छन् । उनले मन्त्रीहरूलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषदको बैठक राखेर ओलीले सबै मन्त्रीहरूलाई जानकारी गराएका हुन् ।

ओलीले अहिलेसम्म तपाईहरुले मलाई सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद छ भोलि मन्त्रिपरिषद पुनर्गठन हुन्छ, एकदिन कसैले पनि सार्वजनिक कार्यक्रम नराख्नु होला भन्दै निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले बैठकमा नयाँलाई अवसर दिनुपर्ने बताएका थिए ।

Womui
Womui