मन्त्री फेरवदलको अधिकार प्रधानमन्त्रीकोः दाहाल

27

छिनछिन खबर
काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताएका छन् । मन्त्रीहरु फेरबदलबारे सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारलाई लिएर उनले आपत्ति समेत जनाएका छन् । अध्यक्ष दाहालको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ ।

केही समययता मन्त्रिमण्डल फेरवदलका समाचार निरन्तर सम्प्रेषण भइरहेका छन् । जसमा दाहालले आफू निकटका मन्त्रीलाई समेट्न खोजेको खबर आइरहेको छ । ’’हाम्रो पार्टी नेतृत्वमा रहेको सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्षलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ’’, विज्ञप्तिमा भनिएको छ, ’’मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममाअधिकार नपर्न सबैमा आग्रह गर्दछौं ।’’

Womui
Womui