एमसीसीसँगको खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा टीम घोषणा, पारसले वानडे मात्र खेल्ने

237

छिनछिन खबर
काठमाडौं– विश्वकै पुरानो क्लब मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्ने नेपाली टीमको घोषणा गरिएको छ । केही दिन अघिमात्र कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली घोषणा गरिएको हो ।


निवर्तमान कप्तान पारस खड्काले ५० ओभरको क्रिकेट मात्र खेल्ने भएका छन् । घोषित टोलीमा पारस एउटा टीममा मात्र रहेका छन् । एमसीसीविरुद्ध खेल्नको लागि टी–२०, वानडे र फस्ट क्लास गरी तीन वटा टीम बनाइएको छ । सबै टीमको कप्तानमा ज्ञानेन्द्र मल्ल छन् ।

ज्ञानेन्द्रसँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी तीनवटै टोलीमा अटाएका छन् । टी–२० का लागि १५ सदस्यीय टोली घोषणा भएको छ । जसमा अमित श्रेष्ठ र नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन् ।

Womui
Womui