पारस खड्काले पठाए क्यानलाई औपचारिक राजीनामा

29

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेका पारस खड्काले दुई सातापछि नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक जानकारी दिएका छन् ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले इमेलमार्फत क्यानलाई कप्तान पदबाट राजीनामा दिएको बताए । गत कार्तिक ३ मा बसेको क्यानको बैठकले पारसलाई राजीनामाबारे प्रष्ट पार्न भनेको थियो । पारसले विभिन्न सञ्चार माध्यमबाट कप्तानी पद त्यागेको घोषणा गरेपछि सबैलाई स्तब्ध बनाएको थियो । तर, पारसको आधिकारीक भनाइ नआएको भन्दै क्यानले राजीनामाका बारेमा प्रष्ट पार्न पत्र पठाएको थियो ।

जवाफमा पारसले इमेल मार्फत क्यानलाई आफ्नो राजिनामाका बारेमा सोसियल मिडियामा आएको सही भएको उल्लेख गरेका छन । उनले आफ्नो चाहना अनुसार कप्तानी पदबाट राजिनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निस्कर्ष निकाल्ने छ ।

पारसले राजिनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर पहिलो रोजाइमा पर्ने सम्भावना छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो ।

क्यान निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै नेपाली क्रिकेट टोलीका कप्तान खड्काले कप्तानबाट राजीनामा दिएका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । सन् २००९ मा कप्तान बनेका पारसले डिभिजन ५ देखि टि ट्वान्टी विश्वकप हुँदै वान डे मान्यता सम्मको सफलता दिलाए ।

Womui
Womui