क्वान्टम कम्प्युटरले २०० सेकेन्डमै असम्भव काम गर्न सक्छः गुगल

146

एजेन्सी– गुगलले एउटा यस्तो मेसिन डिजाइन गरेको छ जसलाई कुनै पनि समस्याको हल गर्न केबल २०० सेकेन्ड मात्र लाग्नेछ । जसलाई विश्वको सबैभन्दा तेज कम्प्युटरले पनि १० हजार वर्षमा मात्र सुल्झाउन सक्छ । यसरी उक्त कम्प्युटरले हासिल गरेको गतिले प्रीवधिको दुनियाँमा नयाँ क्रान्ति ल्याएको बताइएको छ जसलाई ‘क्वान्टम सुप्रिमेसी’ भन्ने नाम दिइएको हो ।

वैज्ञानिक जर्नल ‘नेचर’ मा कम्पनीले यसबारे विस्तृतमा उल्लेख गरेको छ । बुधबार घोषणा गरिएको क्वान्टम कम्प्युटरको उक्त नतिजा अनुरुप यसले आफ्ना विगतका भर्जन भन्दा अधिक सङ्ख्यामा जानकारीहरु प्रोसेस र स्टोर गर्न सक्दछ । वास्तवमा साधारण कम्प्युटरले एक समयमा एउटा ‘स्टेट – जीरो वा वान’ मा मात्र रहन सक्ने डाटाको प्रयोग गर्दछ । तर क्वान्टम कम्प्युटरले भने क्वान्टम बिट्सको प्रयोग गर्छ जुन जीरो वा एक दुवैको एकैपटकको मिश्रण हुन सक्छ ।

यति अन्तरले नै यसको प्रोसेसिङ गति अत्यन्तै तिव्र बनाइदिएको हो । यस्तोमा गुगलले अब जति सक्दो चाँडो ‘फल्ट–टोलरेन्ट क्वान्टम कम्प्युटर’ निर्माणको प्रयास गर्ने बताएको छ । जसलाई पछि कार र विमानका लागि हलुका ब्याट्री निर्माण गर्न र नयाँ औषधिहरु बनाउन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले ब्लग पोस्टमा उल्लेख गरेको छ, “अझैपनि आवश्यक कम्प्युटरजन्य क्षमता हासिल गर्न केही वर्ष कठोर इन्जिनियरिङ र वैज्ञानिक कामहरु गर्नुपर्ने हुन्छ ।

तर हामीले सफलताको बाटो स्पष्ट देखिसकेका छौँ र अघि बढ्न तत्पर छौँ । ” तर गुगलको घोषणा अगावै नतिजा बाहिरिएपछि दाबी गरिएको ‘स्पिड एक्सपेरिमेन्ट’ सम्बन्धी कतिपय विश्लेषक र प्रतिस्पर्धी कम्पनीले चाहिँ आलोचना गरेका हुन् । आइबीएमले सोमबार नै आफ्नो ब्लगपोस्ट मार्फत गुगलले कम्प्युटिङको कामको कठिनाइलाई वास्तविक जटिलता भन्दा बढाइचढाइ व्याख्या गरेको आरोप लगाएको हो ।

यस्तोमा १० हजार वर्ष नभएर क्लासिकल कम्पनीले सो काम २.५ दिनमै हल गर्न सक्ने आइबीएमले तर्क गरेको हो । यसपछि गुगलका कार्यकारी प्रमुखले कम्पनीको बचाउ गर्दै बुधबार प्रकाशित एमआइटी प्रविधिको अन्र्तवार्तामा राइट दाजुभाइले विमान उडाउने प्रयास गरेकोसँग आफ्नो उपलब्धीको तुलना गरेका हुन् । उनले भनेका छन्, “विमान पहिलोपटक १२ सेकेन्डका लागि मात्र उडेको थियो त्यसैले उतिबेला यो कुनै प्रयोजनमा नआउने ठानियो ।

तर पनि त्यसले हामी विमान मार्फत उडान भर्न सक्छौँ भन्ने सम्भाव्यता देखाएको थियो ।” यसरी क्वान्टम कम्प्युटिङमा चीनलाई विश्वकै लिडर मानिन्छ जसले सैन्य क्रियाकलापका लागि यसको प्रयोग गर्न सक्छ भने अमेरिका पनि यस दौडमा अघि आउन उत्तिकै हतारमा रहेको बताइन्छ । सिएनएन

Womui
Womui