चिनियाँ कम्पनीले पायो नेपाली नोट छाप्ने जिम्मा

295

छिनछिन खबर
काठमाडौैं– नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । १ हजार दरको नयाँ नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

राष्ट्र बैंकले चाइना बैंक नोट प्रिन्टिङसंग करिब १ अर्ब ५ करोड रुपैयामा ती नोट छपाइका लागि सम्झौता गरेको हो । राष्ट्र बैंकले गत असार १२ गते नयाँ नोट छाप्न अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी भएका कम्पनीमध्ये चिनिया कम्पनीसँग सम्झौता भएको हो ।

Womui
Womui