कांग्रेस नेता मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताको आक्रमण प्रयास, नेकपाले भन्यो–संलग्नता छैन

110

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । रिसिङ गाँउपालिका भवन उद्घाटनका लागि तनहुँ पुगेका नेता रिजाललाई बाटैमा आक्रमण प्रयास गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा कार्यकर्ताको व्यवहार मण्डले शैली भएको उल्लेख गरेका छन् । नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेको उनले उल्लेख गरेका छन् । डा रिजालले बाटोमा नेकपाका कार्यकर्ताले जघन्य रुपमा आक्रमणको प्रयास गरेको बताएका छन् । ’बोतल र ढुंगामुडा पनि प्रहार गरियो,’ उनले भने ।

कांग्रेस संसदीय दलले समेत आक्रमण प्रयासको निन्दा गरेको छ । ’प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै प्रतिनिधिसभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी हो,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सत्तारुढ नेकपाले भने घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेको छ ।

नेकपाका जिल्ला अध्यक्ष केदार सिग्देलले पार्टीगत नभै गाउँपालिकाको केन्द्रमा कहाँ राख्ने भन्ने भन्ने विवादको कारण स्थानीय बासिन्दाले अवरोध गरेको दाबी गरेका हुन् । ‘नेकपा र कांग्रेस कसले ग¥यो भन्ने होइन । यो गाउँपालिकाका केन्द्र कहाँ राख्ने भन्ने विषयको विवाद हो,’ सग्देलले भने ।

Womui
Womui