घटस्थापनादेखि विपन्न ज्येष्ठ नागरिकलार्ई भाडामा ५० प्रतिशत छुट

109

छिनछिन खबर
काठमाडौं–निजी क्षेत्रका हवाई जहाज कम्पनीले विपन्न ज्येष्ठ नागरिकलाई घटस्थापनादेखि भाडामा ५० प्रतिशत छुट दिने भएका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा संचालक संघले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट लागू हुने संघले जनाएको छ । उक्त सुविधा पाउनका लागि सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा स्वयं पुगेर आफू विपन्न भएको व्यहोरा घोषणा गर्नुपर्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष क्या. रामेश्वर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूले प्रतिदिन प्रतिसेक्टरमा एक जना विपन्‍न ज्येष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराइने उल्लेख छ ।

Womui
Womui