नेकपाले टुंगो लगायो ६ वटै महानगरका अध्यक्ष र सचिव

77

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाको अध्यक्ष र सचिवको जिम्मेवारी निर्मल देउला र रवीन्द्र श्रेष्ठले पाएका छन् ।

ललितपुरमा अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य आएका छन् । त्यस्तै, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

Womui
Womui