तरुण दल नेतामाथी खुडा प्रहार गर्ने पक्राउ

507

नेपालगन्ज, असोज ३-
नेपाल तरुण दल निकट युवामाथी नेपालगन्जमा खुडा प्रहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । नेपालगन्जको धम्बोझी चोक नजिक बुधबार राती करिव साढे १० बजेतिर नेपाल तरुण दल नेपालगन्ज नगर सभापति संदिपजंग शाह तथा बबई गाउँपालिका वडा नम्बर २ दाङका घमण्ड खड्का र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अमर रोकामाथी खुडा प्रहार भएको थियो । खुडा प्रहार गरी फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका ३२ बर्षिय बिनोद खड्का र खजुरा गाउँपालिका वडा नम्बर १ निवासी ३० बर्षिय दिपक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिवबहादुर सिंहले बताएका छन् ।

सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बिहीबार बेलुकी खजुरा गाउँपालिका वडा नम्बर ३ खजुराबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ । घाईते मध्ये खड्काको अवस्था गम्भिर रहेको छ । खड्कालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको बताइएको छ । अर्का घाईते रोकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा उपचार भईरहेको छ, भने शाहको अवस्था सामान्य रहेको बताइएको छ ।

उक्त घटनाको नेपाली कांग्रेस, नेपाल तरुण दल लगायत संघ, संगठनले निन्दा एवम् भत्र्सना गरेका छन् । कांग्रेस बाँकेका सभापति किरण कोईराला तथा नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ती जारी गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । युवा संघका ज्ञानेन्द्रराज ओली र वाइसियलका नेपालगन्ज उपमहानगर अध्यक्ष इमरान खानले भने घटनामा संलग्न ब्यक्तिको आफ्नो संगठनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

Womui
Womui