गृहमन्त्रीका भाई नरेशकुमार धरौटीमा रिहा

56

काठमाडौं, असोज १-
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेशकुमार थापालाई काठमाडौ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । संगठित गिरोहसँग मिलेर रकम उठाएको आरोमा उनी पक्राउ परेका थिए । अदालतले नरेशसहित ६ जनाको हकमा बिहीबारदेखि बयान लिई थुनछेक बहस सकिएपछि बुधबार उनलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले नरेशसँग १ लाख धरौटी मागेको छ । प्रतिवादी अन्य ५ जनाको हकमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य पाँचजना प्रतिवादीहरु पवन खड्का, बीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र बिनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको हो । उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी अदालतमा बुझाएको थियो ।

Womui
Womui