कांग्रेसको कार्यक्रममा भएको घटनाप्रति नेकपाद्धारा दुःख ब्यक्त

96

नेपालगन्ज, भदौं २७-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाली कांग्रेसको कार्यक्रममा भएको घटनाघटनाप्रति दुःख ब्यक्त गरेको छ । घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संलग्नता नरहेको प्रष्ट्याएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कार्यालय नेपालगन्जमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सुनियोजित घटना नभएको र पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट्याएको हो ।

नेकपाले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न पनि नेपाली कांग्रेसलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा वितरित नेकपा जिल्ला अध्यक्ष आईपी खरेल र सचिव अशोक कोईरालाद्धारा हस्ताक्षरित विज्ञप्तीमा कांग्रेसको कार्यक्रममा भएको घटनाप्रति दुःख ब्यक्त गरिएको छ । घटना ब्यक्तिगत भएको र ब्यक्तिगत घटनालाई कांग्रेसले राजनीतिकरण गर्दै सिंगो नेकपा पार्टी र त्यसका कार्यकर्ताप्रति गम्भिर आरोप लगाएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘ब्यक्तिगत घटनालाई जे जसरी राजनीतिकरण गर्दै सिंगो नेकपा पार्टी र त्यसका कार्यकर्ताप्रति गम्भिर आरोप लगाइएको छ, त्यसप्रति हाम्रो असहमती छ ।’

Womui
Womui