नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर, यी हुन् तीन बुँदे सम्झौता

188

छिनछिन खबर
काठमाडौं– नेपाल र चीनबीच ३ सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट (त्रिपाल) उपलब्ध गराउने विषय छन् । नेपाल र चीनबीच भएको पहिलो सम्झौताअनुसार चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ ।

चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो । यस्तै, अर्को सम्झौता चीनले बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्नेछ । त्यस्तै चीनले नेपालमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ ।

Womui
Womui