नेपालगन्जदेखि लखनउसम्म सिधा बस सन्चालन

121

नेपालगन्ज, भदौ २२-

नेपालगन्जदेखि भारत उत्तर प्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा   सन्चालनमा असेको छ।  भेरी यातायात प्रालीले उक्त बस सेवा आइतबारदेखि संचालनमा ल्याएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गरेका हुन् । उनले नेपालगन्जबाट लखनउ हिडेका यात्रुहरुलाई अबिर र माला लगाएर बिदाई गरे । राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका लागि प्रस्थान गरेको थियो ।

मेयर राणाले नेपालगन्ज लखनउ बस सेवा संचालनमा आएकोमा आफू एकदमै खुशी भएको बताए । उनले नेपालगन्जलाई क्यासिनो सिटीको शहर बनाउदै गर्दा यो सेवा संचालन भएपछी उताबाट यहाँ आउने भारतिय पाहुनाहरुलाई सरल र सहज हुने बताए । उनले उताबाट पनि बिहानको समयमा एउटा बस छुटाउनका लागि प्रालिलाई सुझाब दिए । आइतबारदेखि बस सन्चालनमा आउँदा नेपालगन्जबासी खुसी भएका छन् ।

Womui
Womui