प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, अब नियमित काममा लाग्नेः निजी चिकित्सक

104

छिनछिन खबर
काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि शुक्रबार स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।


प्रधानमन्त्रीका नीजि चिकित्सक डा.दिव्या सिंह शाहले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’

Womui
Womui