प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बामदेव र बिष्णु पौडेल सिंगापुर जाँदै

91

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकेर नेपाल फर्कने क्रममा रहेको बेला ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन् ।

गौतम र पौडेल प्रधानमन्त्रीलाई भेट्न मंगलबार दिउँसो सिंगापुर जाने तयारीमा छन् । ओलीको भने २० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था सामान्य भएको निजी सचिवालय जानकारी गराउँदा गराउँदै गौतम र पौडेल किन हतारिएर सिंगापुर जाँदैछन् ? यतिबेला अर्काे चासोको बिषय बनेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीलाई भेट्न दजर्ना नेता र ब्यपारीहरु सिंगापुर गइसकेका छन् ।

प्रधानमन्त्री ओलीलाई सिंगापुरको अस्पतालमै गएर भेट्नहरुको संख्या दैनिक बढ्न थालेको छ । उनीहरुको चासो प्रधानमन्त्रीको स्वास्थ्यभन्दा पनि चाप्लुसी भएको नेकपाकै कतिपय नेताको भनाइ छ । प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार बुधवार हुँदैछ । बुधवार अन्तिम प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रवार नेपाल फर्किने कार्यक्रम रहेको छ । भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर पुगेका थिए ।

Womui
Womui