एटिएम कार्ड प्रयोग गरी अर्काको बैंक खाताबाट एक करोड २६ लाख रुपैयाँ निकालियो

188

छिनछिन खबर
काठमाडौं–एटिएम कार्ड प्रयोग गरी चिनियाँ नागरिकले अर्काको बैंकबाट एक करोड २६ लाख रुपैयाँ निकालेको तथ्य फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरिएको छ । उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन् । नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्नता भएको पाइएपछि प्रहरीले दरबारमार्ग्स्थित माया मनोहर होटलबाट पक्राउ गरेको थियो ।

Womui
Womui