नेपालको आफ्नै रेलः दशैंपछि मात्रै आउने

82

छिनछिन खबर
काठमाडौं–दशैंअघि नेपालको आफ्नै रेल नआउने भएको छ । सरकारले भारतको कोकण रेलवे कर्पाेरेशन लिमिटेडसँग २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेको भुक्तानी भने पठाइसकेको छ ।

सरकारले २ वटा डेमु रेलका लागि कोकण रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाइसकेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए । ‘कात्तिकको पहिलो हप्ता एउटा रेल नेपाल आइपुग्छ,’ उनले भने, ‘कहिले गुडाउने भन्नेबारे भने अहिलै केही भन्न सकिँदैन ।’ चैत ४ को मन्त्रिपरिषद बैठकले रेल खरिद गर्ने निर्णय गरेको थियो ।

रेल जनकपुर–जयनगर खण्डमा चल्नेछ । भारत सरकारको पूर्ण सहयोगमा रेलमार्गको निर्माण कार्य सम्पन्न भइसकेको छ । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया सुुरु भएको छ । चित्रकारले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको बताए ।

Womui
Womui