केपी ओलीसँग चर्काचर्की गरेका माधव नेपाल र प्रचण्डबीच गोप्य बैठक

101

छिनछिन खबर
काठमाडौं– अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग चर्काचर्की गरेका माधव नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटर्वार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब दुई घण्टा गोप्य भेटर्वार्ता भएको हो ।

पछिल्लो समय सचिवालय निर्णयबाट असन्तुष्ट बनेका वरिष्ठ नेता नेपालले ‘पार्टी ब्यक्तिको तजबिजमा नभई सिद्धान्तका भरमा चल्नु’ तर्क प्रचन्डसँग गरेको बताइएको छ । ओली सिंगापुर जानुअघि बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की भएकोे थियो ।

बैठकमा ओलीले आफु नभएपनि पार्टीको बैठक बस्न सक्ने तर आफ्नो सहमति विना निर्णय लिन नपाइने बताएका थिए । ओलीको भनाइलाई नेपालले प्रतिवाद गर्दै अघिल्लो बैठकमा आफ्नो असन्तुष्टी हँुँदा हुँदै किन निर्णय लिएको भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि दुई नेताबीच चर्काचर्की परेको थियो । नेपालले दिएको स्वास्थ्य लाभको शुभकामना पनि ओलीले लिन अस्वीकार गरेका थिए । ओली र नेपालबीच विवाद गहिरिदै गएपछि दाहालले सक्रियता देखाएका छन् । दाहाल र नेपाललाई सम्वाद गराउन महत्वपूर्ण भूमिका स्थायी कमिटी सदस्य जनार्दन शर्माले खेलेको स्रोतले बताएको छ । दुई नेताको भेटमा स्थायी कमिटी सदस्य शर्मा खुमलटार पुगेका थिए । तर शर्मा आधा घण्टामै खुमलटारबाट बाहिरिएको स्रोतले बताएको छ ।

Womui
Womui