वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

164

छिनछिन खबर
काठमाडौं– वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा उनको निधन भएको हो । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएपछि उनलाई हिमाल अस्पताल लागिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।

वि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो । त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो ।

Womui
Womui