मन्त्री राईले सुरु गरे सातै प्रदेशमा विरुवा रोप्ने अभियान

149

नेपालगन्ज, साउन २७-
शहरी विकास मन्त्रालयले प्रदेश पाँचको नेपालगन्जमा १० हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । शहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद मोहम्मद ईस्तियाक राईले आइतबार एक कार्यक्रमका बीच बिरुवा रोपेर अभियान शुभारम्भ गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सिमानाका जमुनाहामा चारलेन सडकको ग्रिनबेल्टमा बिरुवा रोपेर शुभारम्भ गरेका थिए । उक्त विरुवा भारतको कलकत्ताबाट ल्याइएको मन्त्री राईले जानकारी दिए ।

वातावरण सन्तुलन कायम राख्न र सौन्दर्यता झल्काउने उद्देश्यले मन्त्रालयले मुलुकभरका ७ वटै प्रदेशका ७ शहरमा यस्ता ‘सो प्लान्ट’ रोप्ने योजना रहेको उनले सुनाए । नेपालगन्जबाट शुभारम्भ गरिएको उक्त अभियान अन्य प्रदेशका शहरमा पनि लैजाने मन्त्रालयको योजना रहेको छ । राईले भने, ‘यो सौन्दर्यता झल्काउने विशेष प्रकारको विरुवा हो, वातावरणीय हिसाबले पनि यो अनुकुल हुने विश्वास गरेका छौं, यस्ता विरुवा नेपालगन्जमा मात्रै १० हजार रोपिनेछ, अन्य प्रदेशका शहरमा पनि यिनै विरुवालाई रोप्ने मन्त्रालयको कार्यक्रम छ ।’

Womui
Womui