नेपालका नेतालाई ‘होली वाइन’ खुवाउने मातालाई ६ वर्ष जेल

160

एजेन्सी
सिओल– नेपालका नेताहरूलाई गत वर्ष काठमाडौंमा एक सम्मेलन गरी होली वाइन खुवाउने युनिभर्सल पिस फेडेरेसनकी प्रमुख सिन ओक जुलाई कोरियाली अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ ।

बिबिसीका अनुसार सन् २०१४ मा आफ्ना ४ सयजना अनुयायीलाई फिजी टापुमा लगी बन्धक बनाई यातना दिएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो । ती अनुयायीको राहदानी जफत गरी उनीहरूको प्रेत भगाउने नाममा चरम यातना दिएको अदालतको ठहर छ । गत वर्ष डिसेम्बरमा नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतको सहयोगमा उनको संस्थाले नेपालमा विवादास्पद ‘होली वाइन’ सम्मेलन आयोजना गरेको थियो ।

उनले कतिपय नेता र शुभेच्छुकलाई होली वाइनसमेत पिलाएकी थिइन् । उनी ‘होली वाइन’ माताका रूपमा चर्चित छन् । नेपालमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल उनका हर्ताकर्ता हुन् ।

Womui
Womui