मानिसजस्तै रोबोट, कस्तो प्रभाव पर्ला प्राकृतिक व्यक्तिलाई ?

96

एजेन्सी
काठमाडौं– प्रविधिको विकाससँगै नयाँ नयाँ कुरा आविस्कार हुने क्रम जारी छ । यसैबीच वैज्ञानिकहरूले मानिसजस्तै रोबोट बनाएका छन् । डा. बेन गोएर्टजेलले एक आर्टि्फिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार गरेका हुन् । यसकै आधारमा सोफिया नामको रोबोर्ट तयार भयो, जुन मानवजस्तै देखिने रोबोट हो ।

हङकङस्थित कम्पनी ह्यानसन रोबोटिक्सले यसको निर्माण गरेको हो । रोबोट मानिसजस्तै देखिनुपर्ने डा. गोएर्टजेलको भनाइ छ । यसले मानिसमा रोबोटप्रतिको सन्देश हट्ने उनी बताउँछन् । ‘‘आगामी दिनमा रोबोट मानिसजस्तै हुनेछ र यसलाई मानिसले मन पराउने छन् उनी भन्छन्, ‘‘मलाई लाग्छ, सफ्टबैङ्कको पेपर रोबोट नराम्रो देखिन्छ । तर सोफिया तपाईंको आँखामा हेर्ने्छिन् र यिनले तपाईंको जस्तै अनुहार बनाउन सक्छिन् ।

यो नितान्त नौलो अनुभव हुनेछ, पेपर रोबोटको छातीमा रहेको मनिटरमा हेर्नुभन्दा ।’’अहिलेसम्म २० वटा सोफिया रोबोट बनिसकेको छ, जसमध्ये ६ वटा संसारभर प्रयोगमा छ । यी रोबोटको प्रयोग भाषण गर्न र प्रविधि प्रशिक्षणमा गरिएको छ । थुप्रै कम्पनीहरुले ग्राहक आकर्षित गर्नका लागि सोफिया प्रयोग गर्ने उद्देश्यले ह्यानसन रोबोटिक्समा सम्पर्क गरेका छन् । तर के स्ष्ट छ भने, चाहे सोफिया होस् चाहे पेपर रोबोटजस्तै मानव रोबोट, अहिले पनि यसको निर्माण निकै महँगो पर्छ ।

रोबोटिस्ट मसाहिरो मोरीको विचारमा रोबोट जति मानिसजस्तै हुँदै जान्छ उति नै त्यसबाट डराउनुपर्ने हुन्छ र त्यो विद्रोही हुने डर हुन्छ । नैतिक रुपमा पनि रोबोट मानिसजस्तै हुने कुराको कल्पना नै गलत छ । आगामी दिनमा यस्तो स्थिति पनि आउला, जहाँ रोबोटमा चेतना, मन पराउने–नपराउने स्वतन्त्रता र कानुनी अधिकार पनि होला ? डा. गोएर्टजेल भन्छन्, ‘‘मलाई लाग्छ, रोबोट पनि मानिसजत्तिकै समझदार हुँदा उसमा चेतना पनि हुनेछ ।’’

विभिन्न प्रकारका रोबोटहरुको निर्माणले मानिसको रोजगारीमाथि धावा बोलिरहेका छन् । श्रमजीवीका लागि आगामी दिन असुरक्षित रहेको आशङ्का तीव्र भएको छ । मानिस स्वयम् आफूमाथि खतरा निर्माणमा लागेको आरोप पनि लाग्दै आएको छ ।

Womui
Womui