पारसले भने–नराम्रो खेलका लागि खेलाडी नै जिम्मेवार छौं

51

छिनछिन खबर
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सिंगापुरमा आयोजना भएको आइसिसी ट–२० विश्वकप एसिया छनोटमा नेपाली क्रिकेट टिमले अपेक्षित खेल खेल्न नसकेको बताएका छन् । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा सीमित हुँदा युएईमा हुने विश्व छनोटमा पुग्न असफल भयो । जसल गर्दा नेपालको आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

प्रतियोगिताबाट आयोजक सिंगापुर च्याम्पियन बनेर विश्व छनोटमा पुग्दा कतारले नेपाललाई रनरेटमा पछि पारेर दोस्रो स्थान हात पारेको थियो । नेपालले प्रतियोगितामा मलेसिया र कुवेतालाई हराउँदा सिंगापुर र कतारसँग पराजय भोगेको थियो । स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले नराम्रो खेलका लागि जिम्मेवारी लिने बताए । ’

नेपाली क्रिकेट तलमाथि पुग्यो भन्दा पनि समग्रमा नेपाली क्रिकेट कहाँ छ भन्ने हामीलाई थाहा नै छ,’ पारसले भने, ’यो पटक जति नै नराम्रो क्रिकेट खेल्यौ हामी खेलाडीहरु जिम्मेवार छौं ।’ उनले हारका कारण सबैभन्दा दुखी भएको बताउँदै आगामी प्रतियोगितामा राम्रो खेल्ने विश्वास व्यक्त गरे । ’नेपाल विश्वकप छनोटमा पुगेर टी–२० विश्वकपसम्मको यात्रा गरोस् भन्ने धेरैको चाहाना थियो,’ उनले भने ।

’विश्वकपमा पुग्न भनेर मात्र पनि सकिदैन । त्यसका लागि धेरै काम गर्नु पर्छ । हामीले कोशिस गरेका हौं । तर यो हप्ता हामीले सकेनौं ।’ विपक्षी टिमको स्तर बढेकाले नेपालको पक्षमा नतिजा आउन नसकेको पारसको भनाइ छ । ’त्यहाँको कन्डिसनमा हामीले खेल्न सकेनौ । हाम्रो टिम नराम्रो होइन तर विपक्षी टिमको स्तर पनि बढेको छ ।

विपक्षी टिममा दुई चार जना राम्रा खेलाडी पनि आएका थिए,’ पारसको भनाइ छ । उनले जितका लागि नेपालले प्रशस्त योजना बनाएको तर त्यो मैदान लागू गर्न नसकेको पनि स्पष्ट पारे ।

Womui
Womui