धनगढीमा बम बिस्फोट, पाँच जना घाइते

111

छिनछिन खबर
धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित निलम होटल अगाडि शक्तिशाली बम बिस्फोट भएको छ । बिहीबार साँझ ७ बजेतिर भएको बिस्फोटमा परी पाँच जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय मेट्रो अस्पतालमा उपचार भइराखेको छ । घटनास्थलबाट चाइनिज पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । घटनामा निलम होटलका सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, राम सिंह, मोविन खान र लक्ष्मण सेरेला घाइते छन् ।

दुई जना घाइतेको अवस्था गम्भीर छ भने अरू तीन जना सामान्य घाइते छन् ।
घटनास्थलमा अनुसन्धानका लागि एसपी सुदीप गिरीको टोली खटिएको छ । बम बिस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

Womui
Womui