राप्तीसोनारीलाई “साक्षर गाउँपालिका” घोषणा गरिदै

131

(बाँके) अगैया, असार २५-

राप्तीसोनारी गाउँपालिकालाई “साक्षर गाउँपालिका” घोषणा गरिने भएको छ । यही असार ३० गते साक्षर घोषणा गर्न लागिएको हो ।  राप्तीसोनारी गाउँपालिकाले साक्षर घोषणा गर्नका लागि आवश्यक मापदण्ड पुरा गरेकोले साक्षर घोषणा गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले साक्षर कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन् । राप्तीसोनारीका राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, शिक्षा प्रेमी, उद्योगी, व्यापारी लगायत आम सर्वसाधारणलाई उनले अनुरोध गरे ।

शिक्षा शाखा प्रमुख ओम प्रकाश थापाका अनुसार गाउँपालिकामा ९५. ११ प्रतिशत साक्षर भएकाले  साक्षर गाउँपालिका घोषणा गर्न लागिएको हो । उनले ६ वर्षदेखि माथि र ६५ वर्षको सम्मको उमेरसमूहलाई कायम गरि राप्तीसोनारीका ६५ वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरता को अवसर र नव साक्षरतालाई निरन्तरता सिकाईको अवसर प्रदान गरिने बताए ।  बाके-१ का सांसद महेश्वर गहतराज ‘अथक’को प्रमुख आथित्यमा सम्पन्न हुने कार्यक्रममा विभिन्न नृृृत्य प्रस्तुत गरिनेेेछ । साक्षर घोषणापछि राप्तीसोनारी गाउँपालिका जिल्लाको चौथो स्थानीय तह बन्नेछ ।

Womui
Womui