बिषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वाेच्च अदालतको अंकुश

60

छिनछिन खबर
काठमाडौं– सीमा क्षेत्रमा बिषादीयुक्त फलफूल र तरकारी परीक्षण नगर्ने सरकारी पछिल्लो निर्णयमा सर्वाेच्च अदालतले अंकुश लगाएको छ । विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्‌को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।


भारतबाट आउने तरकारी फलफुलको विषादी परीक्षण नगर्ने नेपाल सरकारले निर्णय तत्काल कार्यान्वनय नगर्न अदालतले आदेश दिएको हो । भारतको दवावमा सरकार बिषादी परीक्षणको निर्णयबाट पछि हटेको थियो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले भन्सारमा चेकजाँचको ब्यवस्था गर्न सरकारलाई आदेश दिएको छ । विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल भित्रिन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार विभिन्न तीन थान रिट परेका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरक फरक रिट निवेदन दर्ता गराएका थिए ।

Womui
Womui