चितुवाको आक्रमणबाट महिला घाइते

189

नेपालगन्ज, असार २२-

बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा चितुवाले एक महिलालाई आक्रमण गरेको छ । आइतबार बिहान चितुवाको आक्रमणमा परी ३२ वर्षिया पुष्पा तामाङ घाइते भएकी हुन । घाइतेको अवस्था गम्भीर छ ।

 

उनी जङ्गलमा “फुट्की” च्याउ खोज्न गएको बेला चितुवाले आक्रमण गरेको थियो । नजिकै रहेका महिलाहरुले हल्ला गरेपछी चितुवा भगेको घाइतेलाई उदृत गर्दै प्रहरी जनाएको छ । पानी परेपछी केही दिनयता जङ्गलमा फुट्की टिप्न ठुलो संख्यामा महिला तथा पुरुषहरु जाने गरेका छन् । बाके निकुञ्ज स्थापना भए यता त्यस आसपासको जङ्गलमा चितुवाको संख्या बढेको छ ।

 

Womui
Womui