नेपालगन्जमा विश्वविद्यालय बनाउन पहल

34

छिनछिन खबर
नेपालगन्ज–नेपालगन्जमा पुनः विश्वविद्यालय बनाउने पहल सुरु भएको छ । विगतमा गरिएका अनेक प्रयास विफल भएका थिए । नेपालगन्जबासीले कृषि वा प्राविधिक विश्व विद्यालयका लागि लामो समयदेखि पहल गर्दै आएका छन् ।

यसैक्रममा विश्व विद्यालय स्थापनाका लागि दबाब दिने उद्देश्यले प्रदेश ५ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा बसेको सरोकारवालाको बैठकले मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणबाट फर्केलगत्तै ज्ञापनपत्र वु्झाउने तयारी गरेको हो ।

बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य आइपी खरेल नेतृत्वको टोलीले ज्ञापनपत्र वुझाउने तयारी गरेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । प्रदेशसभा सदस्य खरेलले प्रदेश ५ स्तरीय विश्वविद्यालय वनाउनका लागि तयारी गरिरहेको बताए ।

विश्वविद्यालय निर्माणका लागि नेपालगन्जका उद्योगी, व्यवसायी, शिक्षक, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवालाको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको छ । अहिले उपमहानगरमा विश्वविद्यालय निर्माणका लागि १ सय विघा जग्गाको खोजी कार्य तीब्र भइरहेको छ ।

Womui
Womui