खानेपानी मन्त्री मगरलाई कालो झन्डा देखाउने क्रममा नेपाली कांग्रेसका ४  कार्यकर्ता घाइते

138

छिनछिन खबर
धनगढी, असार १० । पुनर्वास नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउँदै गरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई नेपाली कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउने क्रममा झडप भएको छ । नेकपाका कार्यकर्ताबीच झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

धनगढीबाट निर्वाचन क्षेत्र आउँदै गरेकी मन्त्री मगरलाई कालो झन्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका कांग्रेस कार्यकर्ता र नेकपा कार्यकर्ताबीच झडप भएको हो । सो क्रममा कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगर सचिव विक्रम चन्द, हरेन्द्रसिह बिष्ट र कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेहरुको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui