देशभर मनसुन सुरु

160

छिनछिन खबर
काठमाडौं – विगतका वर्ष भन्दा झन्डै १० दिन ढिलो गरी नेपालमा मनसुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशको सबै भागमा सुरु भइसकेको जनाएको छ । बादल प्रणाली पश्चिमतिर थप शक्तिशाली हुँदै गएछि आइतबार पश्चिमका धेरै स्थानमा वर्षा हुन सुरु गरिसकेको छ ।

मनसुन प्रारम्भ भएसँगै देशभर वातावरण चिसो हुँदै गएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरू भएको छ । मनसुन सुरु भएसँगै खेतीपातीको काम पनि सुरु हुँदैछ ।

Womui
Womui