खर्चमा बेथिति, असार लागेपछि दैनिक एक अर्ब भुक्तानी

106

छिनछिन खबर
काठमाडौं– विकास बजेटको खर्च गर्ने शैली अझै सुधार भएको छैन । देशमा बलियो दुई तिहाईको सरकार बनिसकेपछि पनि विकास बजेट भने बिना कुनै योजना मनलाग्दी तरिकाले भइरहेको छ । गत वर्षको जेठ १५ गते बजेट ल्याएपछि एक बर्षसम्म मौन बसेका तीन तहका सरकार यतिबेला असारे विकासको होडबाजीमा लागेका छन् ।

असारको महिना सम्झौता गरी असारमै भुक्तानी लिँदा विकास निर्माण हुँदैन र जसले गर्दा संस्थागत भ्रष्टाचार हुने अर्थविदहरु बताउँछन् । तर, यतिबेला तीन तहका सरकार विकास बजेट खर्च गर्न तँछाडमछाड शैलीले लागेका छन् । महालेखा परीक्षकको कार्यालयका अनुसार दैनिक असार लागेपछि एक अर्बका योजना सम्झौता र भुक्तानी हुन थालेका छन् ।

स्थानीय तह, प्रदेश र संघ सरकारका योजना असारमै सम्झौता भएर असारमै सम्पन्न हुन थालेका छन् । एक महिनाअघि मात्र अर्थमन्त्रालयले प्रभावशाली नेताको क्षेत्रमा २० अर्ब रकम रकमान्तरण गरेको थियो । स्थानीय तह र प्रदेशले पनि रकमान्तरण गरी योजना सम्झौता गर्न थालिएको छ । स्थानीय, प्रदेश र संघ सरकारको सबै बजेट कार्यान्वयन गर्न दैनिक ८ अर्ब खर्च हुुनु पर्दछ ।

Womui
Womui