‘छोट्की चौफेरी’ गाउँमै पुगेर कांग्रेसले वितरण गर्यो आगलागी पीडितलाई राहत

113

नेपालगन्ज, असार ७-
बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ गाउँमै पुगेर नेपाली कांग्रेसले आगलागी पीडितलाई शनिबार राहत सामग्री वितरण गरेको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को अगुवाईमा पीडित ३८ घर परिवारलाई राहत वितरण गरिएको हो । पीडित परिवारलाई गाउँमै पुगेर चामल, पिठो र आलु ५/५ किलो, दाल र नुन १/१ किलो, तेल आधा लिटर वितरण गरिएको क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले जानकारी दिए । उनले भने, ‘हामीले प्राप्त गरेको ३८ घर परिवारको तथ्यांक अनुसार पीडितलाई गाउँमा पुगेर राहत वितरण गर्यौं, केही पीडित परिवार छुटेको पनि जानकारी आएको छ, उनीहरुलाई पनि चाडै राहत सामग्री पुर्याउँछौं ।’

नेपाली कांग्रेसले राहत वितरण गरेको छ । गत जेठ अन्तिम साता हावाहुरीसँगै परेको चट्यांङबाट निस्केको आगोको झिल्कोले डुडुवा गाउँपालिका वडा नम्बर १ मा पर्ने उक्त गाउँका ३८ वटा घर जलेका थिए । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधी, पुर्वसांसद, क्लब लगायतले उपलब्ध गराएको सामग्री संकलन गरी आगलागी पीडितलाई वितरण गरिएको क्षेत्रीय सभापति गुप्ताले बताएका छन् ।

पीडित परिवारलाई जिल्ला विपद ब्यवस्थापन समितिले यसअघि राहत स्वरुप प्रतिपरिवार ३ हजार, डुडुवा गाउँपालिकाले प्रतिपरिवार २ हजार र एक छाक खाना, रेडक्रस बाँकेले त्रिपाल उपलब्ध गराएको थियो । आगलागीबाट नगद, जिन्सी तथा अन्नबाली समेत गरी ३१ लाख ३७ हजार ५ सय मुल्य बराबरको क्षति भएको बाँके प्रहरीको तथ्यांक रहेको छ ।

Womui
Womui