विप्लवका पाँच कार्यकर्ता पक्राउ

110

छिनछिन खबर
काठमाडौं–नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका पाँच कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेको महानरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए । पछिल्लो समयमा प्रहरीले विप्लव माओवादीका कार्यकर्ता पक्राउको क्रमलाई तीव्रता दिएको छ ।

Womui
Womui