नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

338

छिनछिन खबर
काठमाडौँ– नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । नेपाली स्याट–१ नाम दिइएको उक्त स्याटेलाइट जापानको जाक्साबाट प्रक्षेपण गरिएको हो । स्थानीय समय अनुसार सोमबार साँझ ७ बजेर १५ मिनेटमा नास्टको लोगो र नेपालको झण्डा बोकेर सो भु–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

अमेरिकी अन्तरिक्षयात्री निक हेग नेतृत्वको ६ सदस्यीय अन्तरिक्ष यात्रीको टोलीले नेपाललाई के गरौं ? भनेर सोधेको प्रश्नमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेपछि स्याटेलाइट प्रक्षेपण गरिएको थियो । यसअघि गएको बैशाख ५ गते अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याट–१ प्रोजेक्टर अन्तरगतको नानो स्याटेलाइट ४०० किलोमिटर माथि अन्तर्राष्टिय अन्तरिक्ष प्रक्षेपण केन्द्रमा राखिएको थियो ।

भु–उपग्रहले तल्लो कक्ष अन्तरगत पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको छ । स्याटलाइट प्रक्षेपण कार्यक्रममा नेपाली भु–उपग्रहसँगै श्रीलंकाको रावण, जापानको इगोसी, सिंगापुरको स्पुकी–१ पनि छोडिएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा.सुनिल बाबु श्रेष्ठ, लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्टसंघ र जापान सरकारको सहयोगमा नास्टको नेतृत्वमा नेपाली टोली आभास मास्के र हरिराम श्रेष्ठको सहभागितामा नेपाली सो भूउपग्रह तयार पारिएको थियो । नेपालले अन्तरिक्ष यात्रा सुरु गरेकोमा सहभागी सबैर्ले धन्यवाद दिएका थिए ।

Womui
Womui