बुधबार सार्वजनिक बिदा

335

छिनछिन खबर
काठमाडौं–नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इदुल्ल फित्रका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले इदुल्ल फित्रका दिन बिदा दिने गरेको गृहमन्त्रालयले जनाएको छ ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थासँग भएको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको जनाएको छ ।

Womui
Womui