ओली भन्छन्–प्रचण्डजीसँगको सहमति पुरानो भइसक्यो

33

छिनछिन खबर
काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार पार्टी र सरकार सञ्चालन हुनुपर्ने बताएपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुख खोलेका छन् । ओलीले त्यो सहमति पुराना भइसकेको प्रतिक्रिया दिए ।

‘आलोपालो सहमतिमा सरकार चलाउने कुरा पुरानो भइसक्यो’ ओलीले दिल्लीमा पत्रकारहरुसँग भने ‘ पुरानो अनावश्यक कुरा उचाल्न आवश्यक छैन ।’ विहीबार एक टेलिभिजनसँग अन्र्तवार्ता दिदै प्रचण्डले सहमति कार्यान्वयनमा आफुले शंका नगरेको बताए । तर ओलीले भने सहमति पुरानो भइसकेको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने पक्षमा उभिएका छन् ।

Womui
Womui