जापानमा विमानस्थलको सुरक्षा रोबोटको जिम्मामा

32

एजेन्सी
टोकियो– जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोट प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ ।

यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल सुरक्षा चार रोबोट परिचालन गरिने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जुन ३ तारिखदेखि उक्त विमानस्थलको सुरक्षा रोबोटले गर्ने भएको हो । सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद प्रतियोगिता हुदैछ ।

त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन् । जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ । जसका कारण सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग भइसकेको छ ।

Womui
Womui