स्थानीय तहमा एकैचोटी ९ हजारभन्दा बढी पदमा जागिर खुल्यो

34

छिनछिन खबर
काठमाडौं– लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका पद पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल ९१६१ पदका लागि आयोगले विज्ञापन गरेको हो ।

प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० र समावेशी ४०० रुपैयाँ तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि रु १५० तोकिएको छ । इच्छुक व्यक्तिले अनलाइनमार्फत परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।

दरखास्त बुझाउने अन्तिम मिति आगामी असार ३ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । साथै दोब्बर दस्तुर बुझाउनका लागि असार १० गतेसम्मका लागि मिति तोकिएको छ । तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

Womui
Womui