ब्राजिलमा अक्सिजन अभावले ४२ कैदीको मृत्यु

45

एजेन्सी
रियोदजिनेरियो– उत्तरी ब्राजिलको कारागारमा अक्सिजन अभाव हुँदा कम्तीमा ४२ कैदीको मृत्यु भएके छ । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको भोलिपल्ट ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ । घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ । कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ । अहिले रहेका कैदीमध्ये झण्डै आधा मात्रै अट्ने क्षमता ब्राजिलका कारागारको छ ।

क्षमताभन्दा निकै बढी कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ । बीबीसीका अनुसार सन् २०१७ देखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ कैदीबन्दीको ज्यान गइसकेको छ ।

Womui
Womui