नरेन्द मोदीको सपथग्रहणमा सार्कलाई बाइपास गरी बिमस्टेक सदस्यलाई निम्तो, नेपालबाट प्रधानमन्त्री ओली

62

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन जाने भएका छन् । भारतबाट औपचारिक निम्ता आइसकेकाले प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने लागेका हुन् ।

बिहीबार भारतीय प्रधानमन्त्री मोदिले सपथग्रहण लिदैछन् । प्रधानमन्त्री ओली त्यही सोही दिन नयाँ दिल्ली जाने कार्यक्रम तय गरिएको छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जबकि मोदीले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै माल्दिभ्सबाट गरेका थिए । मोदीको समथग्रहण समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् ।

Womui
Womui