भारतीय निर्वाचनः भाजपालाई अदभूत सफलता, तीन सय बढी सिटमा अग्रता

54

छिनछिन खबर
काठमाडौं– ६ साता लामो निर्वाचनबाट भारतीय जनता पार्टीलाई अदभूत सफलता मिलेको छ । मतगणना जारी हुँदा भाजपाले तीन सय भन्दा बढी स्थानमा जित्ने निश्चित जस्तै भएको छ । भारतमा बहुमतको सरकार बनाउन दुई सय ७२ सांसदको आवश्यक पर्छ ।


मतपरिणाम अनुसार भारतको तल्लो सदन लोकसभाका ४ सय ४२ सिटमध्ये भाजपा एक्लैले करिब ३ सयको हाराहारीमा सिट जित्ने देखिएको र भाजपा नेतृत्वको नेसनल डेमोक्र्या्टिक अलायन्स एनडिएको सिट समेत जोड्ने हो भने यो सङ्ख्या करिब ३ सय ५० सम्म पुग्ने देखिन्छ । यसपटक भाजपा एक्लैले सरकार गठन गर्ने सामथ्र्य राख्ने देखिएको छ । सन् २०१४ मा भएको अघिल्लो निर्वाचनमा भाजपाले २८२ सिट जितेको थियो ।

यसअघिको चुनावमा कांग्रेस पार्टीले ४४ सिट जितेको थियो । हाल ५० सिटको हाराहारीमा अग्रता बनाएको कांग्रेस पार्टीका प्रमुखले नै उत्तर प्रदेशमा निर्वाचन हार्ने अवस्था देखिएको छ । उत्तर प्रदेशमा गान्धी परिवारको गढ मानिने अमेठीको निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेद्वार स्मृति इरानीले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी छन् । दक्षिण भारतको केरलास्थित वायनाड निर्वाचन क्षेत्रमा भने राहुल गान्धी विजयी भएका छन् ।

मोदीको जादू
यो चुनावमा भाजपाका लागि मतदातासमक्ष देखाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल वा उनको आकर्षक छवीबाहेक सायदै केही थियो । आर्थिक विकासको पथमा अघि बढिरहेको भारतका जनताले मुलुकको नेतृत्व गर्नका लागि क्षमतावान् तथा शक्तिशाली नेताको अपेक्षा गर्नु स्वभाविक छ । प्रधानमन्त्री नरेन्द्र मोदीले साँस्कृतिक राष्ट्रवादी तथा भारतलाई कुशल नेतृत्व दिनसक्ने गरी जनतालाई आकर्षित गर्नसक्ने पपुलिष्ट छवि कायम गरेका थिए ।

Womui
Womui