सगरमाथा चुचुरोमा आरोहीको ताँती

166

छिनछिन खबर
काठमाडौं–मौसमले साथ दिएपछि केही दिनयता सगरमाथाको चुचुरोमा आरोहीको ताँती लाग्न थालेको छ । बुधबार मात्र २ सय बढी आरोहीले सगरमाथाको सफल आरोहण गरे । लामो समयुम्म मौसम प्रतिकुल हुँदा कैयौं आरोही सगरमाथाको आधार सिविरमा बसिरहेका थिए ।

एक पटक धेरैले सगरमाथाको आरोहण गरेको यो दोस्रो इतिहास हो । २०६५ मा एकै दिन २ सय ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यति धेरै संख्यामा एकै पटक आरोहण भएको थिएन । पछिल्ला समय सगरमाथा अरोहण गर्नेको संख्यामा बृद्धि हुँदै गएको छ । नेपालीभन्दा विदेशी धेरै सगरमाथाको आरोहण गर्ने गरेका छन् । बेलायत, फान्स, अमेरिकी नागरिकहरुले धेरै सगरमाथाको आरोहण गर्ने गरेका छन् ।

सगरमाथा चढ्ने यो उपयुक्त मौसम हो । यसैपटक कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका छन् । उनले एक साताको अवधिमा दुई पटक सगरमाथाको आरोहण समेत गरे ।

Womui
Womui