कर्मचारी भन्छन्– पियनको तलब ३५ हजार र मुख्य सचिवको १ लाख ७५ हजार

131

छिनछिन खबर
काठमाडौं–निजामती कर्मचारीले पियनको तलब ३५ र मुख्य सचिवको एक लाख ७५ हजार पु¥याउन माग गरेका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कार्यालय सहयोगी (पियन) को तलब कम्तीमा दुई गुणाले र मुख्य सचिवको तलब तीन गुणाले बढाउन माग गरेको हो ।

युनियनले आगामी वर्षको बजेटबाट निजामती कर्मचारीको आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ पुर्याउन भनेको छ । युनियनले तल्लो तह र माथिल्लो तहका कर्मचारीको तलब अन्तर बढाउन पनि माग गरेको छ । अहिले मुख्य सचिवको मासिक तलब ५५ हजार २ सय रुपैयाँ छ । तल्लो तहका कर्मचारीको औसत तलब १८ हजार ४ सय रुपैयाँ छ ।

जेठ १५ गते सरकारले बजेट ल्याउँदैछ । सोही बजेटमा तलब वृद्धि हुनुपर्ने माग गरिएको छ । त्यस्तै कर्मचारीले कडा र असाध्य रोग लागेका निजामती कर्मचारी र निजका परिवारलाई निःशुल्क उपचारको प्रबन्ध गरिनुपर्ने पनि माग गरेका छन् ।

Womui
Womui